सुकेटार विमानस्थलमा डेढ महिनादेखि उडान ठप्प

श्रावण १२, २०७६ | ताप्लेजुङ

- ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा असार पहिलो सातादेखि हवाइसेवा ठप्प छ । असार ४ गते काठमाडौंवाट गएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिइकनै फर्किएको थियो ।

त्यसपछि अहिलेसम्म उडान हुन नसकेको नेपाल बायु सेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताउनुभयो । सो बिमानथलमा नेपाल वायुसेवा निगमले मात्रै नियमित उडानको तालिका राखेको छ । निजी विमानले भने चार्टर उडानमात्रै गर्दै आएका छन् ।

साताको तीन दिन उडान गर्दै आएको निगमले उडान स्थगीत भने गरेको छैन । स्टेशन इञ्चार्ज कार्कीका अनुसार मौसमकै कारण उडान हुन नसकेको हो । कहिलेदेखि उडान सुरु हुने भन्ने टुंगो नभएपनि मौसममा सुधार आए तत्काल उडान नियमित गर्ने गरी तयारी अवस्थामा राखेको कार्कीको भनाई छ । 

 


प्रतिक्रिया