काठमाडौंमा डेंगु संक्रमितको संख्यामा कमी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

काठमाडौं उपत्यकामा डेंगु संक्रमितको संख्या कम हुँदै गएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि जाने मध्ये अधिकांश पुरानै बिरामी रहेका छन् ।

नयाँ बिरामी नआउनु तथा फलोअपका लागि अस्पताल पुग्ने पुराना बिरामीको संख्यामा समेत कमी आएको अस्पतालको क्लिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताउनुभयो । अघिल्लो साता बाट दैनिक करीब २ सय ५० को हाराहारीमा संक्रमितहरु अस्पताल पुग्ने गरेका थिए ।

डा. पुनले प्रचारप्रसारका साथै सर्वसाधारणले डेंगुबारे सचेतना अपनाएकाले संक्रमितको संख्यामा उल्लेख्य कमी आएको दाबी गर्नुभयो । डेँगु संक्रमितको संख्या घट्दै गएपनि स्क्रवटाइफसबाट संक्रमित हुने बिरामीको संख्या भने बढ्दै गएकाले सावधानी अपनाउनुपर्ने डा. पुनको आग्रह छ । 


प्रतिक्रिया