बाढीले दुई बालिका बगायो

आश्विन ५, २०७६ | म्याग्दी

- म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँटस्थित कोटखोलामा लगातारको बर्षासंगै आएको बाढीले बगाउँदा २ बालिक वेपत्ता भएका छन ।  बाढीले बगाउँदा बेपत्ता भएका स्थानीय ७ बर्षिया अनुस्का र १० बर्षिया प्रविना परियारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण बुद्ध बोर्डिङ्ग सेकेण्डरी स्कुल समेत पुरिएको छ । विद्यालयको होस्टेल तर्फको भवनको भुई तलामा क्षति पुगेपनि होस्टेलमा रहेका सवै ३० जना विद्यार्थी भने सकुशल छन ।

बाढीले दीपक जुग्जालीको घरपसल, कुखुरा फार्म, सेते नेपाली, कलिमान परियार, रामाया परियार, पार्वती परियार, गुप्ते परियार र रेशम परियारको घर बगाएको छ । 

 


प्रतिक्रिया