राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी ठाकुरलाई

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

- राष्ट्रिय जनता पार्टी राजपाले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरलाई दिएको छ । चक्रीय प्रणाली अनुसार ठाकुरले आज बाटै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हालनु भएको अध्यक्ष मण्डलका नेता अनिल झाले जानकारी दिनुभयो ।

राजपाको अध्यक्ष मण्डलको हिजो बसेको बैठकले संयोजकको जिम्मेवारी ठाकुरलाई दिने निर्णय गरेको थियो । मधेश केन्द्रीत ६ वटा पार्टी एकिकरण भएर बनेको राजपाको अध्यक्ष मण्डलमा तत्कालीन ६ वटै पार्टीका अध्यक्ष छन् । पार्टी एकिकरणताका भएको सहमतिमा महाधिवशेन नहुँदासम्म अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार गर्ने उल्लेख छ ।

यसअघि अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्नु भएको थियो । ठाकुरले भने अध्यक्ष मण्डलका रुपमा  जिम्मेवारी सम्हालेको यो दोस्रो पटक हो ।

६ जनाले नै अध्यक्ष मण्डलको जिम्मेवारी एक पटक सम्हालिसकेकाले नेतृत्व पुन दोहोरिएको हो । राजपाको पहिलो महाधिवशेन आगामी कात्तिकमा गर्ने तयारी छ । 

 


प्रतिक्रिया