जिप दुर्घटनामा परी अर्घखाँचीमा ३ को मृत्यु

आश्विन २०, २०७६ | अर्घाखाँची

अर्घाखाँचीको नरपानीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । चालक सहित ६ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जिप नरपानीको सातामाटामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ घर भई हाल दाङको लमही नगरपालिका–५ बस्ने ५५ वर्षीय घनश्याम खनाल, उनकी श्रीमती श्यामकला रहेका छन् । एक जना पुरुषको सनाखत भएको छैन । 

दुर्घटनामा गम्भीर घाइते चालक बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेका २४ वर्षीय वीरेन्द्र श्रेष्ठ, दाङ लमही नगरपालिका–५ की १२ वर्षीय अनिता खनाल, सोही ठेगानाकी बिन्दु खनाल र भूमिकास्थान नगरपालिका –१० धनचौरका ३० वर्षीय उमेश रेग्मीलाई सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि बुटवल रिफर गरिएको छ । 

धनचौरकी १९ वर्षीया सीमा रेग्मी र एक वर्षीय आदित्य रेग्मीको सन्धिखर्क अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । जिप सडक देखि ३ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया