टिपर दुर्घटनामा सहचालकको मृत्यु 

आश्विन २७, २०७६ | पाल्पा

पाल्पाको पूर्व निस्दी गाउँपालिका–७, ज्यामिरेमा भएको टिपुर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देहीको सियारीका १८ वर्षीय सहचालक विवेक खत्रीको मृत्यु भएको हो ।

होङ्सी शिवम् सिमेन्टको चुनढुङ्गा खानी नजिकै लु २ ख ३५८७ नम्बरको टिपर दुर्घटनामा परी खत्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

दुर्घटनामा रिब्दिकोट गाउँपालिका–८ फेकका ३२ वर्षीय चालक गणेश कुंवर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कुँवरको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामदेखि झण्डै ७० किलोमिटर पूर्व दुर्गम गाउँमा भएको दुघटनाको जानकारी समेत ढिला आएकाले सोमबार बिहान मात्र घटनास्थलको मुचुल्का भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया