अर्घखाँचीमा बस दुर्घटना, १९ जनाको मृत्यु  (अपडेट)

मंसिर ११, २०७६ | अर्घाखाँची

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको घटना स्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रु बस नरपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले छ । मृतको सनाखत हुन सकेको छैन । गम्भीर घाइते १२ जनालाई उपचारका लागि बुटवल पठाएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

बस सडक देखि ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सडक तल भीर र जंगल भएकाले खोजी कार्य भईरहेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया