खैरो हेरोइन सहित धरानबाट दुई पक्राउ

मंसिर २५, २०७६ | सुनसरी

सुनसरीको धरानबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको भोटखोला–१ बस्ने २८ वर्षीय साङबु शेर्पा, धरान–१९ चौकीबारी बस्ने ३७ वर्षीय सुरज राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्ढीराज न्यौपानेका अनुसार शेर्पालाई मंसिर २३ गते साँझ धरान–८ स्थित तीनकुने चेकपोष्टबाट र राईलाई धरान–२ भानुचोकबाट पक्राउ गरिएको हो । 

शेर्पा र राई खैरो हेरोइन र लागूऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले शेर्पाको साथबाट ८० मिलीग्राम हेरोइन र राईको साथबाट २० फाइल नाइट्रोजेपाम बरामद गरिएको जनाएको छ । उनीहरुलाई मंगलबार नै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको न्यौपानेले बताउनुभयो ।  


प्रतिक्रिया