प्रकृति प्रेमको पर्व उधौली मनाइँदै

मंसिर २६, २०७६ | काठमाडौं

- किराँत समुदायले आज उधौली पर्व आज मनाउँदैछ ।  मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा उधौली पर्व मनाइने गरिन्छ ।

विशेष गरी किराँत राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर,सुनसरी,उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तथा काठमाडौंमा पनि यो पर्व मनाउने गरिन्छ । उधौलीका अवसरमा सबै आफन्त भेला भएर दुख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर साकेला नाच्ने चलन छ ।  

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिादै उधौलीजस्ता पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशको विकासमा टेवा दिने बताउनुभएको छ ।


प्रतिक्रिया