सिद्धबाबा अनुसन्धानको म्याद सकियो

मंसिर २९, २०७६ | धरान

अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको आरोप खेपिरहेका सुनसरीको बराहक्षेत्रस्थित चतराका सिद्धबाबा भनिने ४५ बर्षीय कृष्णबहादुर गिरीको अनुसन्धनका लागि थपिएको तीन दिने समय आज सकिएको छ ।

सुनसरी अदालतले सिद्धबाबालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई तेश्रो पटक गत शुक्रबार समय दिएको थियो । तर गिरी हिरासतमा बसेनन् । उनी विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स रुममा बसिरहेका छन् । उनी पक्राउ परेको २ साता हुँदा समेत प्रहरीले गिरीबिरुद्ध ठोस प्रमाण भने जुटाउन सकेको छैन । 

मंसिर १६ गते पक्राउ परेका सिद्धबाबासँग प्रहरीले वयान समेत लिनसकेको छैन् । फरेन्सिक रिपोर्ट आउन समय लागेको भन्दै सुनसरी प्रहरीले म्याद थपका लागि प्रहरीसँग अझै समय माग्ने तयारी गरेको छ । प्रहरीले सिद्धबाबालाई भोली पुन: अदालतमा म्याद थपका लग्नेछ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद शर्माले भन्नुभयो ‘अनुसन्धानका लागि फेरि अदालतसंग म्याद थपका लागि माग्ने छौं । म्याद नदिएमा अहिलेसम्म गरिएका अनुसन्धानका मिसिललाई सरकारी वकिलमार्फत अदालतमा आरोपित गिरीसहित बुझाउने छौं ।’

चतरास्थित रामानन्दाचार्य सेवापिठका संरक्षक समेत रहेका जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाको उपाधी लिएका गिरीविरुद्ध एक अनुयायी महिलाले मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् । गिरीले आफूलाई गत कार्तिक ४ गते बलात्कार गरेको दाबी जाहेरीकर्ताको छ । 


प्रतिक्रिया