पोखरामा निर्वाचन अधिकृत कार्यालय स्थापना

पुस १५, २०७६ | पोखरा

आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीमा अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार माघ ९ गते राष्ट्रियसभाका २ सदस्यका लागि हुने निर्वाचन प्रयोजनका लागि कार्यालय खोलिएको हो । 

गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे र विन्दा रानामगरको पदावधि सकिएकाले निर्वाचन हुन लागेको हो । 

दुबै सांसद कांग्रेसका हुन् । बिहीबार मतदाता नामावली प्रकाशन र पुस २० मा उम्मेदवार मनोनयन दर्ता हुनेछ । 

गण्डकी प्रदेशसभा सदस्यमा ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष उपाध्यक्ष ८५ गरी २ सय ३० मतदाता रहेका छन् । निर्वाचन आयोगले यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश काजीबहादुृर राइलाई निर्वाचन अधिकृत तोकिसकेको छ ।  


प्रतिक्रिया