कांग्रेसमा लडाई सुरु भयो : वरिष्ठ नेता पौडेल

पुस २४, २०७६ | तनहुँ

– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा लडाई सुरु भएको बताउनु भएको छ । तनहुँको दमौलीमा आयोजित सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै नेता पौडेलले पार्टीमा सुधारका लागि लडाई सुरु भएको बताउनुभयो । पार्टीलाई विकृतिमुक्त गर्ने अभियानमा आफु लागेकाृे उहाँले जीकिर गर्नुभयो ।

 पार्टीलाई सुधार गर्न पार्टीको विकृति विरुद्ध लड्न जिल्ला सभापतिको भेला सम्पन्न गरेको उहाँको भनाई थियो ।  नेता पौडेलले देशलाई भष्ट्रचारबाट मुक्त गर्ने, नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्ने अभियान शुरु भएको उल्लेख गर्नुभयो ।

कम्युनिष्ट पार्टीको सरकारबाट दुई बर्षमा जनता वाक्क र निराश भएको उहाँले बताउनुभयो । जनताको भावना जित्नका लागि पनि कांग्रेस सुध्रिनुपर्ने उहाँको भनाई थियो । 


प्रतिक्रिया