५ विदेशी सम्पर्कविहीन

माघ ३, २०७६ | पोखरा

– प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधारशिविर हिंडेका ५ विदेशी पर्यटक सम्पर्कबिहीन भएका छन् । चार कोरियन र एक चाइनीज पर्यटक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले नेट नेपाल नामक ट्रेकिङ एजेन्सीमार्फत ९ कोरियन एविसी जाने क्रममा ४ जना सम्पर्कमा नरहेको जानकारी आएको बताउनुभयो । यस्तै नेपाली भरियासहित गएका एक चाइनीज पर्यटक पनि सम्पर्कमा नरहेको घिमिरेको भनाई छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बिचमा हिमपहिरो खसेपछि उनीहरु सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

दोभानस्थित होटल डेस्टीनेशन एविसि होटलका संचालक सुक गुरुङका अनुसार ती पर्यटक सम्पर्कमा छैनन । अत्याधिक हिमपातले ओहोरदोहोर गर्ने अवस्था नरहेको भन्दै उहाँले खोजीमा पनि समस्या भएको बताउनुभयो । डिआइजी घिमिरेले स्थानीय र प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको बताउनुभयो । 


प्रतिक्रिया