सभामुखको उम्मेद्वार दर्ता आज

माघ ७, २०७६ | काठमाडौं

प्रतिनिधिसभाको सभामुख पदका लागि दलहरुले आज उम्मेद्वार मनोनयन गर्दैछन् । संसद सचिवालयले प्रकाशित गरेको निर्वाचन तालिका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रस्तावको सुचना दर्ताको समय तोकिएको छ । 

एक जना प्रस्तावक र समर्थक राखी प्रतिनिधि सभाका कुनै पनि सांसदले प्रस्ताव गर्न सक्ने संसद सचिवालयले जनाएको छ । दिउँसो २ बजेसम्मको समयमा मनोनयन दर्ता गराएका उमेद्बारको सुची दिउँसो साढे २ बजे प्रकाशन हुनेछ । सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मात्र उममेद्वार तय गरेको छ । नेकपाले अग्नि सापकोटालाई सभामुखका लागि अघि सारेको छ । 

अन्य दलहरु भने आन्तरिक छलफलमै रहेका छन् । यद्यपी संसदमा नेकपाको बहुमत रहेकाले सापकोटा नै सभामुख चयन हुने निश्चित छ । एक मात्र मनोनयन दर्ता भए, निर्विरोध निर्वाचित हुने प्रावधान छ । तर यसका लागि १२ गते बस्ने संसद बैठकमा भने निर्णायर्थ प्रस्तुत गर्नुपर्नेछ । प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन माघ १२ गते दिउँसो ३ बजेको समय निर्धारण गरिएको छ ।  


प्रतिक्रिया