आइसोलेसनमा नबसी कोरोनाका शंकास्पद व्यक्ति घर फर्किए

चैत्र १, २०७६ | धरान

– कोशी अस्पतालबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा रेफर गरिएका कोरोना भाइरसका संक्रमणका शंकास्पद व्यक्ति आइसोलेशनमा नबसी घरै फर्केका छन् । मोरङ्को रंगेली घर बताईएका उनी आज विहान सार्वजनिक बस चढेर धरान पुगेका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना भाइरस र्‍यापिड रेस्पोन्स कमिटिका सदस्यले आइसोलेशन वार्डमा बस्न आग्रह गर्दा उनी नमानी फेरि घरै फर्केका हुन् । 

सामान्य रुघाखोकीसंगै ज्वरो पनि देखिएपछि उनलाई कोशी अस्पतालले प्रतिष्ठानमा रेफर गरेको थियो । उनी एक साताअघि मात्र साउदी अरबबाट फर्केका हुन् । उनीसहित आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ पाईएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा कोरोना भाइरसको जाँच गर्ने कुनै उपकरण, रसायन नभएपनि विरामीको र्‍यालको नमूना संकलन गरेर काठमाडौं पठाउने गरेको छ ।  


प्रतिक्रिया