एसइई परीक्षाको लागि केन्द्राध्यक्ष खटिए

चैत्र ४, २०७६ | धनकुटा

आगामी बिहीबार सुरु हुने माध्यामिक शिक्षा परीक्षा एसइई सञ्चालनका लागि आजबाटै प्रदेश एकका १४ वटै जिल्लामा सुरक्षाकर्की सहित केन्द्राध्यक्षहरु खटिएका छन् । 

१४ वटै जिल्लाका निर्धारित ३ सय ७५ केन्द्रमा केन्द्राध्यक्ष र सुरक्षाकर्मीको टोली प्रश्नपत्र लिएर साँझसम्म पुगिसक्ने प्रदेश एकको शिक्षा विकास निर्देशनालय धनकुटाका उपसचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्रदेश एकमा एसइई परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सहयोगी गरी ७ हजार ७ सय १४ जना कर्मचारी परिचालन गरिएको छ । यस्तै, एउटा केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाएको उपसचिव पोखरेलले बताउनुभयो । 

यसवर्ष प्रदेश एकका १४ जिल्लाबाट कुल ८४ हजार १ सय ६ जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । 


प्रतिक्रिया