भागेर आएका चार नेपाली आइसोलेसनमा

चैत्र ९, २०७६ | बर्दिया

बर्दियाको सीमामा तैनाथ सुरक्षाकर्मीलाई छल्दै आएका चारजना नेपालीलाई पक्राउ गरि स्थानीय प्रशासनले आइसोलेसनमा पठाइएको छ । भारतमा आज जनता कफ्र्यु भएका कारण मजदुरी गर्न गएका ती व्यक्ति नाका छलेर जंगलको बाटो हुँदै बर्दियाको गुलरिया छिरेका थिए ।

गुलरिया नगरपालिका ७ भित्र गएराती सुरक्षाकर्मीलाई छलेर नेपाल पसेको थाहा पाएपछि स्थानीयको सक्रियतामा उनीहरुलाई प्रहरीको सहयोगमा आइसोलेसनमा पठाएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । 

नेपाल भारत दुबै सीमा नाकामा कडाई गरेपनि खेत र जंगलको बाटो हुँदै बर्दिया पस्ने गरेकाले प्रहरीलाई कडा निगरानीमा राख्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रजिअ लामिछानेले आम नागरिक सचेत भएकाले ती व्यक्तिलाई आइसोलेसनमा पठाउन सहज भएको बताउनुभयो । भारतीय समकक्षी संग नेपाली र भारतीय नागरिकलाई नेपाल भित्र छिर्न नदिन आग्रह गरेको पनि उहाँले बताउनुभयो । 


प्रतिक्रिया