आगन्तुकलाई टोलबस्तीमा प्रवेश निषेध

चैत्र १३, २०७६ | सिरहा

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिरहाका ग्रामीण क्षेत्रका स्थानीयले आफ्ना टोलबस्तीमा आगन्तुकलाई प्रवेश निषेध गरेका छन् । 

उनीहरुले भारत लगायत विभिन्न स्थानबाट आएका आफन्तलाई समेत गाउँ प्रवेशमा रोक लगाउँदै क्वारेन्टाइनमा बस्न सुझाव दिन थालेका छन् । 

सिरहाको उत्तरवर्ती चुरे क्षेत्र लहान नगरपालिका–१६ का जनप्रतिनिधि र स्थानीयले वडा प्रवेश गर्ने मूल सडकमा ढाट तेर्साएर आगन्तुक प्रवेशमा निषेध गरेका हुन । 

स्थानीयले प्रवेश निषेधका लागि पालो लगाएर युवा खटाएका छन् । यस्तै जनप्रतिनिधि र स्थानीय युवाले वडा र टोलबासीलाई संक्रमणबाट जोगाउन पूर्वसावधानी अपनाउँदै ‘लक डाउन’ का समयमा घरबाहिर निस्कन दिएका छैनन् । 


प्रतिक्रिया