फिदिम नगरपालिका ५ का वडाध्यक्षको निधन

चैत्र २१, २०७६ | पाँचथर

– पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ । रक्त क्यान्सरसँग लडिरहेका तुम्वापोलाई पछिल्लो समय रक्त अल्पता भएपछि उपचारका क्रममा आज अपरान्ह निधन भएको हो ।

डेढसाता अघि विरामी भएर फिदिम स्थित पाथिभरा अस्पतालमा भर्ना भएका तुम्वापो स्वास्थ सुधार नभएपछि एकसाता अघि धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान जानु भएको थियो । त्यहाा उपचार पश्चात घर फर्किएपछि नाकबाट रगत बग्न थालेको परिवारले जनाएको छ । त्यसपछि उहाालाई पुन: फिदिम स्थित समर्पित अस्पतालमा भर्ना गरिएको थियो । 

अवस्था सुधार नभएपछि हिजो मात्रै हेलिकोप्टर मार्फत झापा स्थित विएण्ड सी अस्पताल पुर्‍याइएका उहााको मष्तिष्क घात भएर निधन भएको अस्पतालले जनाएको छ । तुम्वापोका बुबा – आमा, दाजु , श्रीमती र दुई छोरी छन् । 


प्रतिक्रिया