पर्वतका मजदुर बागलुङमा अलपत्र

वैशाख ३, २०७७ | पर्वत

लकडाउनका कारण कामबिहीन बनेका मजदुर पैदल हिँडेर घर फर्किने क्रममा बागलुङमा अलपत्र परेका छन् । तल्लो मोदी जलविद्युत आयोजनामा कार्यरत दैलेखका १३ जना मजदुर बागलुङको छिस्तीमा अलपत्र परेका हुन् । 

विगत केही दिनदेखि फेवा कन्स्ट्रक्सन मार्फत तल्लो मोदी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरु लकडाउन खुल्ने सम्भावना नभएपछि पैदलै हिँडेर घर जाने तयारी गरिहेका थिए । कुश्मा नगरपालिका–८ चुवाबाट पैदल यात्राको सिफारिस बनाएर मंगलबार बिहान हिँडेका उनीहरु जैमिनी नगरपालिका–८ मा पुगेपछि अलपत्र परेको टोलीका सदस्य निरज ओलीले बताउनुभयो । 

पर्वतको विपद् व्यवस्थापन समितिले उनीहरुलाई सम्बन्धित स्थानमै ल्याएर खानपानको व्यवस्था मिलाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले बताउनुभयो ।


प्रतिक्रिया