घाँटीमा मासु अडकिदा मृत्यु

वैशाख ७, २०७७ | सल्यान

पकाएको मासु खादा घाँटीमा अडकिएका कारण शारदा नगरपालिका १३ स्यानीखालको ६९ बर्षिय देबीलाल कामीको मृत्यु भएको छ । 

सल्यानचौर स्थित स्थानीयको घरमा गएर मासु खाने क्रममा आईतबार बिहान उनको घाँटीमा अडकिएको थियो ।

उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउदा उनको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । 

अडकिएको मासुले स्वास प्रस्वासमा अबरोध भएपछि उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी गराए । उनको जिल्ला अस्पतालमा पोष्टमार्टम भैरहेको उनको भनाई छ । 


प्रतिक्रिया