रामेछापमा यात्रुबाहक बस दुर्घटनामा २८ घाईते

वैशाख १०, २०७७ | रामेछाप

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका नागरिक बाकेर दोलखा जादै गरेको बस रामेछापमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जादै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते सबैको मन्थलीस्थित तामकोशी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा. केशवसिं धामीका अनुसार गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी भइरहेको छ । 

अलपत्र परेका नागरिकहरुलाई स्थानीय तहले बसको व्यवस्था गरी गाउँ फर्काउदै थियो ।   


प्रतिक्रिया