परराष्ट्रमन्त्री राणा भोलिदेखि युरोप भ्रमणमा जाँदै

असार १२, २०८२ | काठमाडौं
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा भोलिदेखि युरोप भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै मन्त्री राणा करिब दुई साताको लागि युरोप जाने जानकारी दिएको हो । परराष्ट्रमन्त्री राणा पहिला खाद्य तथा कृषि संगठन एफएओको सम्मेलनमा सहभागी हुन इटालीको रोम जानुहुनेछ ।
असार १४ देखि २० सम्म हुने सम्मेलनमा परराष्ट्रमन्त्री राणाले मुख्य कार्यक्रम र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यसूची छ । परराष्ट्रमन्त्री राणाको नेतृत्वमा अष्ट्रियाको लागि नेपाली नेपाली राजदूत तथा स्थायी प्रतिनीधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीसहितको प्रतिनीधिमण्डलको टोली त्यसतर्फ जान लागेको हो ।
यस्तै, परराष्ट्रमन्त्री राणाले इटालीकै मिलान र जर्मनीको ह्यामबर्ग तथा बर्लिनमा हुने नेपाल लगानी बोडद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । परराष्ट्रमन्त्री राणा असार २९ गते स्वदेश फर्किने तालिका छ ।