रुपन्देही ३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने संघीय लोकतान्त्रिक मोर्चाको तयारी

असार १२, २०८२ | काठमाडौं

संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवार उठाउने गृहकार्य गरेको छ ।

 जसपा नेपाल, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील, तमलोपा, लोसपा र जनमत पार्टी सम्मिलित मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने विषयमा छलफल प्रराम्भ गरेका छन् । सो क्षेत्रबाट निर्वाचित राप्रपाका नेता दीपक बोहोराको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

 मोर्चाको आजको बैठकमा भावी कार्यक्रम लगायत विषयमा छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिनुभयो ।   


प्रतिक्रिया