तनहुँमा नेविसंघको विरोध प्रर्दशन

वैशाख १७, २०७७ | तनहुँ

अपहरणमा संलग्न भनिएका सांसद कृष्णकुमार श्रेष्ठ९किसान०लगायतकाव्यक्तिमाथि छानबिन गरी कारबाहीको माग गर्दै नेविसंघले तनहुँले बुधबार तनहुँका ठाउँ ठाउँमा विरोध प्रर्दशन गरेका छन । तनहुँका १० वटै स्थानीय तहका टोल टोलमा नेविसंघका कार्यकर्ताले तनहुँमा प्रदर्शन गरेको अध्यक्ष चुडामणि खनालले बताए ।

नेविसंघले तनहुँको सदरमुकाम दमौली, बन्दीपुर, आबुखैरेनी, देवघाट, म्याग्दे, घिरिङ्ग, ऋषिङ्ग गाउँपालिका, शुक्लागण्डकी, भिमाद भानु नगरपालिकामा विरोध प्रर्दशन गरिएको हो । स्थानीय तहका सबैका वडामा नेविसंघका कार्यकर्ताले अपहरणकारीलाई सामाजिक बहिष्कार गरौ, अपहरणकारीलाई कानुनी कारवाही गर, कोरोना विरुद्धको लडाईमा एक हौ, भष्ट्रचार सरकार मुर्दाबाद लेखिएको प्लेट कार्ड लिएर विरोध गरेका हुन ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गरी मुखमा मास्क लागेर एक ठाउँमा ५ जनाका दरले सांकेतिक विरोध गरेको नेविसंघ तनहुाले जनाएको छ । सांसद श्रेष्ठका कारण तनहुँका जनताको शिर निहुरिएका भन्दै सांसद यादवको अपहरणमा संलग्नमाथि कारबाहीको माग राख्दै जिल्लाका सयभन्दा बढी स्थानमा प्रर्दशन गरिएका थिए । 


प्रतिक्रिया