तनहुँमा ग्यास सिलिण्डर विस्फोट, २ बालक घाईते

वैशाख २१, २०७७ | तनहुँ

ग्यास सिलिण्डर विस्फोट हुँदा तनहुँको आबुखैरेनी–१ सत्रसयमा आइतबार दुई जना बालक घाइते भएका छन् । 

स्थानीय विनोद विश्वकर्माको भान्सा कोठामा ग्यास लिक भई अचानक सिलिण्डर विस्फोट भएको हो । लिक ग्यास बन्द गर्न जाने क्रममा विस्फोटमा परी ११ वर्षीय विवेक र ७ वर्षीय सरगम विक घाईते भएका छन् । 

घाईते मध्ये विवेकको शरीर र हातको केही भाग जलेको छ । सरगमको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । 

दुबै जनाको आबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ग्यास सिलिण्डर विस्फोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको छ ।


प्रतिक्रिया