उपल्लो मुस्ताङ्गीले अस्वीकार गरेपछि चिनियाँ राहत सामग्री बाटोमा अलपत्र
जेष्ठ ५, २०७७ | म्याग्दी
– चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली छिमेकीलाई राहत स्वरुप पठाएको खाद्यान्न समेतका सामाग्री उपल्लो मुस्ताङ्गका गाउँपालिकाले अस्वीकार गरेपछि सडकमा अलपत्र परेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमण भित्रन सक्ने त्रासले गाउँपालिकाहरुले यस वर्ष तिब्बतको ढोङ्वासिं काउण्ट्रीले पठाएको सहयोग अस्वीकार गरेको हो ।
चीनको तिब्बत स्थित ढोङ्वासिं काउण्ट्रीले सीमावर्ती लोमन्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकालाई विगतवर्ष झै झै गत वैशाख २६ गते ६ वटा ट्रकमा राखेर पठाएको खाद्यान्न, तरकारी, स्वास्थ्य सामाग्रीलोमन्थाङ–कोरला सडक छोसेर खण्डकमा कोरला नाका देखी करिव १२ किमीतल नेचुङ्ग भन्सार नजिकै सडकमा अलपत्र छ ।