घर जान पाउनुपर्ने माग गर्दै भारतीय ईट्टा मजदूर आन्दोलित

जेष्ठ ६, २०७७ | दाङ

घर जान पाउनुपर्ने माग गर्दै भारतीय ईट्टा मजदूर आन्दोलित भएका छन् । लकडाउन भएदेखि कामविहिन भएर ईट्टा उद्योगमा बसिरहेका मजदूरहरुले आज दाङको घोराहीमा प्रदर्शन गरेका छन् ।

पटकपटक अनुरोध गर्दा पनि घर जान नपाएपछि आन्दोलित भएको मजदूरहरुले बताएका छन् । घर फर्कने वातावरणको सृजना गर्न माग गर्दै भारतीय कामदारले भारत सरकारसंग उद्धारको माग गरेका हुन् । 

दाङमा रहेका २६ ईट्टा उद्योगमा अहिले ६ हजार ५ सय भारतीय मजदूर रहेको ईट्टा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीले बताउनुभयो । 

अहिले ईट्टाको सिजन पनि सकिएकाले मजदूरहरुलाई राखिरहन कठिन भएको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया