सुदूरपश्चिममा थप एक जनामा कोरोना पोजेटिभ

जेष्ठ ११, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट भित्रिएका एक जनामा आज कोरोना संक्रमण देखिएको छ । उनी सहित नाकाबाट भित्रिएका अन्य ५ जनामा यसअघि नै कोरोना पोजिटिभ भएको पुष्टि भई सकेको छ । 

अछाम मेल्लेख गाउँपालिका–४ का वर्ष ३२ का पुरुषमा कोरोना पोजिटिभ देखिएको सेती अस्पतालमा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमित ब्यक्ति गत बिहीबार गौरीफन्टा सीमा नाकामा आएका २ हजार ४ सय ९८ जनाको उद्धार गरिएको थियो । 

आरडीटी परीक्षणमा उनको कोरोना पोजेटिभ देखिए पछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो । यसअघि सोही समूहबाट उद्धार गरिएका ४ जनामा शनिबार कोरोना पोजेटिभ देखिएको थियो । 

भारतको विभिन्न शहरबाट गौरीफन्टा नाका भएर गत बुधबार देखि हजारौंको सख्यामा नेपाल भित्रिएका छन् । बिहीबार भित्रिएका नेपालीहरु मध्ये ७ सय ७५ जनाको आरडीटी परीक्षण गरिएको थियो । 

किटको अभावका कारण अन्यलाई परीक्षण बिना नै भित्र्याइएको छ । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । जसमध्ये ५ जना निको भएका छन् । संक्रमितहरु डडेल्धुरा, बैतडीमा एक/एक, कैलालीको टिकापुर अस्पतालमा ३, सेती अस्पतालमा ५ जना संक्रमित उपचाररत छन् । 


प्रतिक्रिया