बर्दियामा क्वारेन्टाईनमा बसेका एकको मृत्यु

जेष्ठ १४, २०७७ | बर्दिया

बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु भएको छ । 

क्वारेन्टाईनमा बसेका गुलरिया नगरपालिका–९ का ५५ वर्षीय जोगदी गोडियाको मंगलबार राति मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो । तर, उनको मृत्यु भएको जानकारी बुधबार बिहान मात्र प्राप्त भएको पाण्डेले बताउनुभयो । 

 अछाममा मजदुरी गरी फर्केका १६ जना मध्ये गोडिया बबई क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए । मंगलबार राति ८ बजे क्वारेन्टाईनमा बसेका गोडियाको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको छ । उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याई स्वाब संकलन गरी पठाउने स्वास्थ्य अधिकृत पाण्डेले बताउनुभयो । 

उनीसँगै आएका अन्य ४ जना आधारभूत विद्यालय खैरीको क्वारेन्टाईनमा छन् । अन्य १४ जना सहित २९ जना बबई बहुमुखी क्याम्सको क्वारेन्टाईनमा छन् । मृत्युको कारण बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया