धनुषामा सहकारीको ८० लाख रुपैयाँ लुटपाट

वैशाख २४, २०८१ | काठमाडौं

धनुषामा सहकारीको ८० लाख रुपैयाँ लुटिएको छ ।

जनकपुरको भानुचोकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हौना नजिक शुभ श्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ मोटर साइकलमा आएका तीन जनाले लुटेर फरार भएका हुन् ।

मोटरसाइकलमा विरेन्द्र महतो र रेखा देवी महतो श्रीमान श्रीमतीले लिएर जाँदै गरेको रुपैयाँ मोटरसाइकलमा आएका तीन जना युवाले लुटेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहकारीको रुपैयाँ लुटिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया