सिरहाका संक्रमित जिल्ला प्रहरी प्रमुखका सवारी चालक र अर्का अंगरक्षक

जेष्ठ १४, २०७७ | सिरहा

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ८ पुगेको छ । संक्रमण पुष्टि भएका दुबै जना जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

हवल्दार पदका उनीहरु जिल्ला प्रहरी प्रमुखका सवारी चालक र अर्का अंगरक्षक हुन् । संक्रमित उनीहरुको जेठ ६ गते पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । संक्रमण पुष्टि भएका उनीहरुलाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनुभयो । 

यसअघि सिरहाका भगवानपुर गाउँपालिका–४ स्थित एकै वडाका ४ जना, नवराजपुर गाउँपालिका–१ का १८ वर्षीय युवक र सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएका उनीहरुलाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा राखिएको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये भगवानपुर र नवराजपुर गाउँपालिकाका पाँच जना भारतबाट र सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवक साउदी अरबबाट आएका थिए । भारतबाट पछिल्लो समय घर आउनेहरुको क्रम बढेकाले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ ।


प्रतिक्रिया