नेपाल मेडिकल कलेजका चिकित्सकद्वारा प्रशासनमा तालाबन्दी

जेष्ठ १८, २०७७ | काठमाडौं

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरुले आइतबार अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् । 

उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै उनीहरु शुक्रबार देखि विरोधमा उत्रिएका थिए । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही प्रक्रियामा अस्पताल प्रशासनले नै असहयोग गरेको भन्दै उनीहरुले प्रशासनमा तालाबन्दी गरेका हुन् । 

चिकित्सकको मनोबल बढाउनुको सट्टा अस्पताल प्रशासन उल्टै चिकित्सकमाथि कुटपिट गर्नेको पक्षमा उभिएको भन्दै उनीहरुले शुक्रबारबाट अस्पतालको आकस्मिक र फिभर क्लिनिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

दोषीलाई कारबाही नभएसम्म विरोध जारी रहने र प्रशासनमा लगाइएको ताला नखोलिने नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक डा.गुन्जन खड्काले बताउनुभयो । अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनक बाहेक अन्य सेवा ठप्प गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । 

अस्पताल प्रशासनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउनुको साटो दोषीलाई उन्मुक्ति दिन चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज समेत हटाएको डा.खड्काले आरोप लगाउनुभयो । 

सम्बन्धित समाचार :

चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज गायब


प्रतिक्रिया