अझै भेटिएनन् आइसोलेसनबाट भागेका संक्रमित

जेष्ठ २८, २०७७ | नेपालगन्ज

बाँकेको जोगा गाउँको आइसोलेशन सेन्टरबाट सोमबार भागेका एक जना कोरोना संक्रमित अझै फेला परेका छैनन् । जानकी गाउँपालिका–२ स्थित श्री माध्यमिक बिद्यालय जोगा गाउँ आइसोलेसनमा बसेका नेपालगञ्ज–१२ कोरियनपुरका ३५ वर्षीय संक्रमित फरार भएका हुन् ।

राति एक बजे शौचालय जाने बहानामा निस्किएका उनी त्यहाँबाट भागेका थिए । ‘राति १२ बजे सम्म बाहिरै चौरमा बसेका थियौ ’आइसोलेसन्मा रहेका उनका साथीले भने, ‘शौचालय जान्छु भन्दै हिँडेका थिए ’

नेपालगञ्जका एक सहित ४१ जना संक्रमित रहेको जोगा गाउँको आइसोलेसनबाट भागेका संक्रमितको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी वीरबहादुर वलीले आइसोलेसनबाट फरार संक्रमितको खोजी भइरहेको बताउनुभयो । एसपी ओलीले भन्नुभयो, ‘भारतमा रहेको भन्ने जानकारी आएको छ, भारतीय प्रहरीको समन्वयमा खोजी गरिरहेका छौं । नेपाल प्रहरीको टिम समेत परिचालन गरेका छौं ।’

बिरामीले भाग्ने नै नियत बनाए जिल्लाका सबैजसो क्वारेन्टिनबाट भाग्न सक्ने देखिन्छ । प्राय: आइसोलेसन सेन्टर वा क्वारेन्टाइन स्कूलमा छन् । 


प्रतिक्रिया