नेपालमै पहिलो पटक नबजात शिशुको निःशुल्क सिकलसेल परीक्षण

पुस ३, २०८२ | नेपालगञ्ज

बाँकेको भेरी अस्पतालमा नेपालमै पहिलोपटक नबजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्राध्यापक डाक्टर राजन पाण्डेका अनुसार नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेशिन प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भए–नभएको पुष्टि गर्न सकिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया