कुवेतबाट थप १ सय ४९ जना नेपाल आउँदै

जेष्ठ ३०, २०७७ | काठमाडौं

कुवेतमा अलपत्र परेका १ सय ४९ जना नेपाली आज काठमाडौं आउँदैछन् । विहान साढे ११ बजे अल जजिरा एयरलाइन्सको जहाजमा १ सय ४० महिला र ९ बालबालिकाका नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

ती सबैलाई काठमाडौं उपत्यकामा तयार पारिएका होल्डिङ एरियामा राखिनेछ । हिजो कुवेतबाट पहिलो टोलीमा ५ सय ३१ महिला आएका थिए । कुवेतबाट आएको टोलीलाई होल्डिङ एरियामा राखेर स्वास्थ्य जाँच पछि सम्बन्धित जिल्ला पठाइएको, भक्तपुरको होल्डिङ एरियाको ब्यवस्थापन गरिरहेको वीरदल गण सुर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कुवेतबाट आएका सबै आफ्नो जिल्लामा पुगेपछि स्थानीय निकायको समन्वयमा १४ दिन क्वारेन्टिनमा बस्ने ब्यवस्था मिलाइएको छ । कुवेतमा विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका नेपाली कामदारलाई प्राथमिकताका आधारमा उद्धार गरिएको हो ।


प्रतिक्रिया