लम्कीचुहामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण

असार ४, २०७७ | धनगढी

कैलालीको लम्कीचुहा नगरपालिकामा हिजो मृत्यु भएकी ४३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकी उनको उपचारका हिजो कोहलपुर मेडिकलमा मृत्यु भएको थियो । 

जेठ ३१ गते कलेजो सम्बन्धी समस्याका कारण लम्की चुहा अस्पतालमा भर्ना भएकी उनलाइ धनगढीको माया मेट्रो अस्पताल पछि धनगढी स्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको लम्कीचुहा नगरपालिकाका मेयर महादव बजगाईले जानकारी दिनुभयो । 

मृत्युपछि भेरी अस्पतालको प्रयोशालामा भएको थ्रोट स्बाव परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपाली सेनाको सहयोगमा उनको शवको व्यवस्थापन कोहलपुरमा गर्ने तयारी भईरहेको छ ।

यसैबिच कोरोना भाईरसको संक्रमणबाट बुधवार मृत्यु भएका कैलाली गोदावरी नगरपालिका ४६ बर्षिय बस ब्यवसायीको शवको ब्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली सेनाले मोहना नदीमा दाहासस्कार गर्ने छ । 

कैलाली जिल्लामा कोरोना भाईरसका कारण मृत्यु हुनेको सख्या तीन पुगेको छ । यसअघि सेती प्रादेशिक अस्पतालमा धनगढी ४ की एक महिलाको मृत्यु भएको थियो । 


प्रतिक्रिया