गण्डकीमा संक्रमितको संख्या ४ सय ३८ पुग्यो
.png&w=700&height=600)
असार ६, २०७७ | पोखरा
– पहिलोपटक गत चैत १५ मा नेपालकै पाँचौ कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेशमा आज बिहानसम्म संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत थप ५८ जना संक्रमित भएको पुष्टी गरेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँका २५ जनामा कोरोना संक्रमण भेटिएको हो । यसैगरी पूर्वी नवलपरासीका १६, बागलुङका ८, गोरखाका ५, कास्कीका २ र म्याग्दी र स्याङजाका १/१ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताउनुभयो । संक्रमित सबै क्वारेन्टाइनमा बसेकाहरु हुन् ।
कास्कीको मादी गाउँपालिकाकी १९ महिने बालिकामा पनि कोरोना संक्रमण देखिएको हो ।