गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
.png&w=700&height=600)
असार ८, २०७७ | पोखरा
गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरी सोमबार थप २० जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सोमबार, स्याङजाका १२ र पूर्वी नवलपरासीका ८ जनामा कोरोना पुष्टि भएको छ । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।
नयाँ संक्रमित सबै जना भारतबाट फर्किएर सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुलाई आईसोलेशन कक्षमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।
प्रदेशका सबै ११ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । लमजुङका एक तीन वर्षीय बालक भने काठमाडौं बस्दै आएका बेला कोरोना संक्रमित भएका र उनी अहिले संक्रमण मुक्त भइसकेका छन् ।
प्रदेशभरी संक्रमण मुक्त हुनेको संख्या ५५ पुगेको छ । स्याङ्जाका एक जनाको मृत्यु भएको छ ।
