क्वारेन्टिनबाट घर फर्कदै गर्दा कैलालीका एकको मृत्यु

असार ८, २०७७ | धनगढी

कैलालीको लम्की चुहा नगरपालिका–२ बाल सेवा स्कूलको क्वारेन्टिनमा बसेका ३६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतिक विष्टले क्वारेन्टिनबाट वडा नम्बर ७ स्थित आफ्नो घर फर्कंदै गरेका उनको बगनिया चोक नजिकै बाटोमै मृत्यु भएको छ । 

घर फर्कदै गरेको उनको अचानक ढलेर अपरान्ह् ५ बजे युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ’ उहाँले भन्नुभयो, ‘शव उठाइएको र छुन पनि कसैलाई दिईएको छैन ।’ 

डीएसपीका अनुसार उनी जेष्ठ २६ गते भारतबाट आएका थिए । सिधै क्वारेन्टिनमा राखिएको थियो । आरडीटी पनि नेगिटभ आएको र क्वारेन्टिनमा १४ दिन पनि पूरा भई सकेकाले उनलाई सोमबार घर पठाईएको हो । 

घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या दिएको थिएन । ‘रिर्पाेट नेगेटिभ आएपछि आफन्तजनलाई मात्रै शव उठाउन दिईन छ’ डीएसपी विष्टले भन्नुभयो, ‘त्येतिबेला सम्म घटनास्थलमै शव कुर्नु पर्ने अवस्था छ ।’ 

कैलाली जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भईसकेको छ । दुई जनाको मृत्यु पछि कोरोना पुष्टि भएको थियो । 


प्रतिक्रिया