गण्डकीमा कोरोना संक्रमित ७ सय ९२ पुगे
.png&w=700&height=600)
असार १२, २०७७ | पोखरा
– गण्डकी प्रदेशमा आज बिहान २५ जना नयाँ संक्रमति थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लापटक संक्रमित हुनेमा पूर्वी नवलपरासीका २१, तनहुँका दुई, स्याङजा र बागलुङका १/१ जना रहेका छन ।
संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बिहान विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितमध्ये १ सय १ जना भएका छन । दुई संक्रमितको मृत्यु भएको छ ।