सुदूरपश्चिम प्रदेशमा सहल प्रतिकिलो २५ रुपैयाँ

असार १४, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशको कृषि तथा भूमि ब्यवस्था मन्त्रालयले सलह कीरा २५ रुपैयाँ किलोको दरमा खरिद गर्ने भएको छ । मन्त्रालयमा आईतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खग्रेन्द्र प्रसाद शर्माले बालीनालीका लागि महामारीको रुपमा आउने सलह कीरा मारेर ल्याउने किसानलाई प्रति किलो २५ रुपैयाँ दिने बताउनुभयो । 

‘अहिले सम्म सुदूरपश्चिम प्रदेशमा सलह आई सकेको छैन, उहाँले भन्नुभयो, ‘किसानलाई सर्तक भइराख्न आह्वान गरेका छौ ।’ उहाँका अनुसार आवाज (हल्ला) निकालेर, नेटजाली फसाएर र विषादी प्रयोगबाट सलह कीरालाई बालीनाली नष्ट गर्नबाट बचाउन सकिन्छ । तर, सबैभन्दा राम्रो विधि थाल ठोक्ने र हल्ला गरेर भगाउने विधि उत्तम भएको उहाँले बताउनुभयो । 

मन्त्रालयले सलहलाई नियन्त्रण गर्न स्थानीय तहमा सलह टिम परिचालन गरिने जनाएको छ । प्रदेश ५ को सीमासँग जोडिएको कैलालीको पूर्वी क्षेत्र जोशीपुर, टिकापुर, लम्की चुहा, जानकी गाउँपालिकामा सलह टिमले परिचालनका लागि तयार भएको उहाँले बताउनुभयो । कृषि क्षेत्रीय निर्देशनालयका निर्देशकको अध्यक्षतामा प्रदेश स्तरीय ‘रेटिड रिस्पोन्स टिम’ पनि गठन गरेको छ । 

बालीमा सलह, फौजी कीराद्धारा हुने आक्रमणलाई नियन्त्रण गर्न यो टिमले प्रदेशमा काम गर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो । जिल्लामा ज्ञान केन्द्र स्तरीय टिम गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुरको पूर्वी बेलौरी, पुर्नवास र पहाडी जिल्लामा फौजी कीराले समेत बालीनाली नोक्सान पुगाईरहेको उहाँले बताउनुभयो । ‘बेलौरी र पुर्नवास क्षेत्रमा फौजी कीरा नियन्त्रणमा आईसकेको छ’ उहाँले भन्नुभयो, ‘जहाँ फौजी कीराले बालीनालीमा आक्रमण भएको सुनिएको छ, स्प्रे लगायत काम गर्न टिमनै गठन गरेर परिचालन गर्न थालेका छौं ।’


प्रतिक्रिया