छन्त्यालको निधनमा शोक प्रस्ताव पारित हुँदै

असार १७, २०७७ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसदका दुबै सदनमा बुधबारका लागि तय बैठक कार्यसूचीमा प्रवेश नगर्ने भएको छ । 

उहाँको निधनमा शोक प्रस्ताव पारित गरी बैठक स्थगित हुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । 

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कर्जा सूचना विधेयक टेबल गर्ने कायसूची तय थियो । 

यस्तै, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक र भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने र नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

राष्ट्रिय सभाको दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कारबाहीसँग सम्वन्धित दुई वटा विधेयक पारित गर्ने कार्यसूची थियो । 

बहालवाला सांसदको निधनप्रति शोक प्रस्ताव पारित गरेको दिन अर्को बैठक नबस्ने र सो बैठक पनि कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास छ । 

सम्बन्धित समाचार :

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन


प्रतिक्रिया