चौरजहारीमै सुरु भयो पिसिआर परीक्षण

असार १८, २०७७ | रुकुम

– रुकुमको चौरजहारीमा पिसिआर विधि मार्फत कोरोना संक्रमण भए नभएको परीक्षण सुरु भएको छ । चौरजहारी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको परीक्षण गर्नका लागि आरटी पिसिआर मेशिन सहित ल्याब सञ्चालनमा ल्याएको छ ।

 पहिलो चरणमा हिजो बेलुकी ४ जनाको परीक्षण गरेकामा ४ जनाकै रिर्पोट नेगेटिभ आएको छ । चौरजहारी नगरपालिका–२, सेवा केन्द्र भवनमा आरटी पिसिआर मेशिन जडान गरी सञ्चालनमा ल्याइएको हो । एक करोड २३ लाखमा मेशिन खरिद तथा सेटअप सम्मको काम भएको र परीक्षण समेत सुरु गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । हरेक दिन ९० जनाको थ्रोट स्वावको परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको अधिकृत केसीले जानकारी दिनुभयो । मेशिन खरिद र ल्याब स्थापनामा खर्च भएको बजेट प्रदेश र संघ सरकारसँग माग गरिएको छ ।

जिल्लामा धेरै जनाको पिसिआर परीक्षण गर्नुपर्ने र समयमै रिर्पोट नआउदा समस्या बढ्दै गएपछि चौरजहारी नगरपालिकाले पिसिआर मेशिन सहितको ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको थियो । 


प्रतिक्रिया