पहिरोले जिरीमा घर पुर्‍यो

 तस्बिर : राजेन्द्र मानन्धर, दोलखा ।

असार २६, २०७७ | दोलखा

अविरल बर्षापछि दोलखाको जिरी बजारमा पहिरो खस्दा दुई वटा पसल भएको घर पुरिएको छ । १० वटा पसलघरमा बस्न नमिल्ने गरी क्षती पुगेको छ । 

जिरी कलङस्थित ट्राउट माछाको १७ वटा पोखरी पुरिएको छ भने लामोसाँघु जिरी सडक ठाउँठाउँमा अवरुद्ध भएकोले यातायात सम्पर्क विच्छेद भएको जिरी नगरका मेयर टंक जिरेलले बताउनुभयो । 

जिरी लिङ्कनस्थित बसपार्कबाट रामेछाप ठोसेतर्फ जाने मुख्य सडक समेत पहिरोले अबरुद्ध भएको छ ।


प्रतिक्रिया