गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २ पुग्यो

तस्बिर : रोयटर्स 

श्रावण ४, २०७७ | पोखरा

– गण्डकी प्रदेशभरी कोरोना संक्रमितको संख्या एक हजार ३ सय २ पुगेको छ । लमजुङ र कास्कीमा आज ६/६ जना थपिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताउनुभयो ।

प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ९ सय ३८ पुगेको छ । ३ सय ६४ जना उपचाररत छन् । कोरोना संक्रमणबाट स्याङजाका २, गोरखा र बागलुङ एकएक गरी ४ जनाको मृत्यु भएको छ । हालसम्म २० हजार ९ सय ५ को स्वाबको नमूना संकलन भएको छ । 


प्रतिक्रिया