पहिरोमा परेर कालीकोटमा दुई जनाको मृत्यु
श्रावण १५, २०७७ | कालिकोट
कालिकोटको महादई गाउँपालिकामा अविरल बर्षाका कारण घर भत्किँदा २ जना बालबालिकाको मृत्यु भएको छ ।
सो गाउँपालिका ७ राम्निकोटका १० बर्षीय गणेश महत्तरा तथा ५ वर्षिया भावना भण्डारीको भत्किएको घरले थिचेर मृत्यु भएको हो ।
घटनामा घाइते भएका अन्य ४ जना बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।