मुस्ताङमा पेट्रोलियम अभाव, खाद्यान्नको मुल्यबृद्धी

श्रावण १७, २०७७ | मुस्ताङ

बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । 

मनसुन सुरु भएसँगै अनियमित भएको पेट्रोलियम पदार्थको ढुवानी गत असार २७ गतेदेखी बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डको दर्जनबढी स्थानमा बाढी पहिरोले यातायात अवरुद्ध भएपछि मुस्ताङमा एलपी ग्याँस र पेट्रोलियम पदार्थ ढुवानी ठप्प हो ।

 ढुवानी रोकिए पछि खाद्यान्नमा मुल्य बृद्धि भएको छ । अहिले २२ सय पर्ने चामलको मुल्य बढेर ३५ सय पुगेको उपभोक्ताको भनाई छ । मुस्ताङमा नेपाल आयल निगमको डिलर (पम्प) नभएकोले ब्यवसायीले बेनी र पोखराबाट डिजेल, पेट्रोल ढुवानी गरेर बेच्ने गरेका छन् । 

अहिले सडक मर्मत गर्न डोजर चलाउने इन्धनपनि समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले असारे विकासले पेट्रोलियम पदार्थका अभाव भएको बताउनुभयो । 

पेट्रोलियम पदार्थको अभाव बढेसँगै मुस्ताङमा संञ्चालित राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकको लेत–जोमसोम–कोरला खण्डमा भैरहेको काम समेत धेरै योजना प्रभावित भएका छन । 


प्रतिक्रिया