दोलखामा ५५ शैयाको अस्पताल सञ्चालन

श्रावण २५, २०७७ | दोलखा

– दोलखा बजारस्थित दोलखा अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा भन्ने नाराकासाथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षमताको दोलखा अस्पताल सञ्चालन सुरु गरेको हो । 

हाल सुरक्षित सुत्केरीका लागि शल्यक्रिया सहित ओपिडी सेवा, २४ सैं घण्टा आपतकालिन सेवा, एक्स–रे सेवा, प्रयोगशाला, ईसिजि सेवा सञ्चालन थालिएको काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक विभाग अन्तर्गत स्कुल अफ मेडिकल साइन्सका सहप्रध्यापक रोशनकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनभित्रै आइसियु सेवा सञ्चालन गर्ने तयारी छ ।

अस्पतालमा कोभिड १९ संक्रमितलाई आईसोलेशन वार्डको ब्यवस्थासहित स्वाबलाई धुलिखेल अस्पतालमामा पठाउने व्यवस्था छ । 


प्रतिक्रिया