चार बर्ष देखि मुगुको इलाका प्रशासन प्रमुख बिहिन

श्रावण २७, २०७७ | मुगु

मुगुको सोरु गाउँपालिकास्थित सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय बिगत चार बर्ष देखि प्रमुख बिहिन छ । स्थानीयलाई नागरिकता उपलब्ध गराउन स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा चार बर्ष देखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । 

नार्थपु, फोतु, जिमा, भीई, धैनकोट, सोरुकोट, पुरुमुरु, सिप, लगायत बस्तीका स्थानीय नागरिकता लिन दुई दिन हिडेर गमगढी जान बाध्य भएका छन् । कार्यालय स्थापना भएको एक बर्ष सम्म सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा दिलबहादुर पौडेल बसेर स्थानीयलाई नागरिकता प्रदान गर्ने काम गरेपनि उनी सरुवा भई गएपछि मन्त्रालयले अर्को ब्याबस्था गरेको छैन ।

 गृहमन्त्रालयमा कार्यालय प्रमुखको ब्याबस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमा बारम्बार आग्रह गर्दा कुनै सुनुवाई नभएको गाउँपालिका प्रमुख लोकबहादुर शाहीले बताउनुभयो ।  


प्रतिक्रिया